एजेन्स, २४ असार । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस हावाद्वारा पनि फैलिन सक्छ भन्ने स्वीकार गरेको छ।
कोरोना भाइरस संक्रमण हावामा फैलिएको प्रमाण रहेको जनाइएको छ। यो भन्दा पहिला वैज्ञानिकहरूको एउटा समूहले डब्ल्यूएचओलाई खुला पत्र लेख्यो र यसले आफ्नो मार्गनिर्देशनहरू सुधार गर्न आग्रह गरेको छ।
यस सम्बन्धमा, विश्व स्वास्थ्य संगठनका बेनेडेटा अललेरंगजीले भने, ‘कोरोना भाइरस हावामा फैलिएको प्रमाण छ तर यो निश्चित रूपमा भन्न सकिदैन।’

उनले थपे, ‘सार्वजनिक स्थानहरूमा विशेष गरी भीड, कम हावा र बन्द स्थानहरूमा भाइरस फैलाउने सम्भावनालाई इन्कार गर्न सकिदैन। यी प्रमाणहरू संकलन र बुझ्नु आवश्यक छ। हामी यो काम जारी राख्नेछौं।’




