advertisement

निर्माण कम्पनीसँग काम नगर्न भनेपछि आइतबारदेखि काम रोकिएको छ । भारतीय पक्षले अघि सारेको कदम निन्दनिय, नेपालको राष्ट्रियतामाथि नै धावा खोल्ने खालको भएको उनको भनाई छ । भारतीय एसएसबीले सडक निर्माण कम्पनी बाबाहंश सिद्धिकीका सञ्चालक चक्र शाहलाई उक्त सडकखण्ड निर्माण नगर्न दबाव दिएपछि काम रोकिएको हो ।

भारतीय पक्षले रिफ्रेन्स पिलर ३८ लाई सीमा पिलर मानेर अनावश्क विवाद झिक्दै आएको छ । गत वर्ष ग्राभिलिङ गर्दा भारतीय पक्षले अवरोध गरेको थियो । फेरि कालोपत्रे तयारी गर्दा रोकेको हुलाकी सडक निर्माण कम्पनीका सञ्चालक चक्र शाहले एसएसबीले काम नगर्न दबाव दिएपछि काम रोकिएको बताए ।

एसएसबीले शाहसँग गत वर्ष उक्त क्षेत्रको १२ सय मिटर सडक भारतमा पर्ने भन्दै काम रोक्न दबाव दिएका थिए । ‘हामी हाम्रो स्प्रिडअनुसार काम गरिरहेका थियौँ,’ उनले भने, ‘भारतीय एसएसबीले काम नगर्न भन्यो, त्यही भएर अहिले त्यो ठाँउमा काम गरेका छैनाैँ ।’ सो सडकखण्डमा ७५ प्रतिशत बेस निर्माण गरिएको छ । कालोपत्रे गर्न मात्रै बाँकी थियो ।

बेलौरी नगरपालिका ८का वडाध्यक्ष नन्द कुमार रानाले भारतीय सुरक्षाकर्मीसहितका अधिकारी आएर उक्त सडक निर्माण कार्य रोकेको बताए । उनका अनुसार भारतीय पक्षले जिपिएस नक्साबाट उक्त सडक भारतको भूमिमा पर्ने दाबी गर्दै काममा अवरोध गरेको छ । ‘माथिको विषय भन्दै रोकेर गए,’ उनले भने, ‘भारतीय पक्षले जहिल्यै अवरोध गर्दै आएको छ ।’

आफ्नै भूमिमा सडक निर्माण गर्दा पनि भारतीय पक्षले अनावश्यक विवाद झिक्दै आएको उनले बताए । पटक-पटक भारतीय पक्षले नेपाली भूमिमै निर्माण भइरहेको सडककाे काममा अनावश्यक अवरोध गर्ने कार्य नेपालको विकास हेर्न नचाहेको उपज भएको टिप्पणी गरिएको छ ।

" /> कञ्चनपुरमा भारतीयकाे एसएसबीकाे दादागिरी, नेपालमै सकड निमार्ण गर्दा अवरोध - Sarbocha Media

कञ्चनपुरमा भारतीयकाे एसएसबीकाे दादागिरी, नेपालमै सकड निमार्ण गर्दा अवरोध

`

     २०७७ आषाढ २२ गते १०:३१

कञ्चनपुर, २२ असार । भारतीय पक्षले कुनै युद्धकै जस्तो गरी हतियारबद्ध जत्था ल्याएर नेपालमा बनिरहेको हुलाकी राजमार्ग निर्माणमा अवरोध गरेका छन् । पश्चिम कञ्चनपुरदेखि तराईका जिल्ला हुँदै पुर्व झापा जोड्ने नेपालकै दोस्रो लामो राष्ट्रिय हुलाकी राजमार्ग निर्माणमा भारतीय पक्षले अवरोध गरेको छ ।

आइतबार भारतीय सुरक्षाकर्मी सहित प्रशासनिक अधिकारीको समुह निर्माण स्थलमै आएर सडक अवरोध गरेको हो । अघिल्लाे सालकाे असारमै भारतीय पक्षबाट भारतीय सीमा सुरक्षा बल (एसएसबी) आएर अवरोध गरेका थिए । ठिक एक वर्षपछि पुनः हुलाकी राजमार्ग अवरोध गरेको छ । यस वर्ष एसएसबीसहित भारतीय प्रशासनिक अधिकारी आएर निर्माण भइरहेको काम रोकेकाे छ ।

कञ्चनपुरको बेलौरी नगरपालिका- ८ पचुई क्षेत्रमा भारतीय पक्षले अनावश्यक विवाद झिकेर हुलाकी सडक कालोपत्रेको काम अवरोध गरेको छ । स्थानीय एवं शिक्षक बुद्धिजीवी विवेक लम्सालले भारतीय पक्षले दादागिरी शैलीले नेपाली भूमिमै आएर सडक निर्माण कार्य रोकेको बताए । ‘ठुलै फौज जत्था लिएर आएका थिए,’ उनले भने, ‘सडकको काम रोकेर गए ।’

advertisement

निर्माण कम्पनीसँग काम नगर्न भनेपछि आइतबारदेखि काम रोकिएको छ । भारतीय पक्षले अघि सारेको कदम निन्दनिय, नेपालको राष्ट्रियतामाथि नै धावा खोल्ने खालको भएको उनको भनाई छ । भारतीय एसएसबीले सडक निर्माण कम्पनी बाबाहंश सिद्धिकीका सञ्चालक चक्र शाहलाई उक्त सडकखण्ड निर्माण नगर्न दबाव दिएपछि काम रोकिएको हो ।

भारतीय पक्षले रिफ्रेन्स पिलर ३८ लाई सीमा पिलर मानेर अनावश्क विवाद झिक्दै आएको छ । गत वर्ष ग्राभिलिङ गर्दा भारतीय पक्षले अवरोध गरेको थियो । फेरि कालोपत्रे तयारी गर्दा रोकेको हुलाकी सडक निर्माण कम्पनीका सञ्चालक चक्र शाहले एसएसबीले काम नगर्न दबाव दिएपछि काम रोकिएको बताए ।

एसएसबीले शाहसँग गत वर्ष उक्त क्षेत्रको १२ सय मिटर सडक भारतमा पर्ने भन्दै काम रोक्न दबाव दिएका थिए । ‘हामी हाम्रो स्प्रिडअनुसार काम गरिरहेका थियौँ,’ उनले भने, ‘भारतीय एसएसबीले काम नगर्न भन्यो, त्यही भएर अहिले त्यो ठाँउमा काम गरेका छैनाैँ ।’ सो सडकखण्डमा ७५ प्रतिशत बेस निर्माण गरिएको छ । कालोपत्रे गर्न मात्रै बाँकी थियो ।

बेलौरी नगरपालिका ८का वडाध्यक्ष नन्द कुमार रानाले भारतीय सुरक्षाकर्मीसहितका अधिकारी आएर उक्त सडक निर्माण कार्य रोकेको बताए । उनका अनुसार भारतीय पक्षले जिपिएस नक्साबाट उक्त सडक भारतको भूमिमा पर्ने दाबी गर्दै काममा अवरोध गरेको छ । ‘माथिको विषय भन्दै रोकेर गए,’ उनले भने, ‘भारतीय पक्षले जहिल्यै अवरोध गर्दै आएको छ ।’

आफ्नै भूमिमा सडक निर्माण गर्दा पनि भारतीय पक्षले अनावश्यक विवाद झिक्दै आएको उनले बताए । पटक-पटक भारतीय पक्षले नेपाली भूमिमै निर्माण भइरहेको सडककाे काममा अनावश्यक अवरोध गर्ने कार्य नेपालको विकास हेर्न नचाहेको उपज भएको टिप्पणी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?