advertisement

सलहको समूह नेपाल आउन सक्ने खतरा अझै नटरको बताइएको छ। नेपालबाट सबैभन्दा नजिक भारत उत्तर प्रदेशको चौरारामा ७० हेक्टर क्षेत्रफलमा फैलिएको ठूलो झुण्ड रहेकोले त्यो समूह आउन सक्ने रहेको छ ।

" /> सलहको अर्को समूह फेरि नेपाल भित्रिन सक्ने खतरा - Sarbocha Media

सलहको अर्को समूह फेरि नेपाल भित्रिन सक्ने खतरा

`

     २०७७ आषाढ २२ गते १:०७

काठमाडौं, २२ असार । भारत हुँदै नेपाल भित्रिएको सलह कीराले कृषि क्षेत्रमा क्षति पुर्याएको छ । सलह ६ पटक गरेर ८० लाखभन्दा धेरै भित्रिएको छ ।

बारा, पर्सा, रुपन्देहीलगायतका क्षेत्रबाट नेपाल भित्रिएको सहल केही दिनमै नेपालका ५० भन्दा धेरै जिल्लामा पुग्यो । तराई र पहाड हुँदै हिमाली जिल्लासम्म पुगेको सलहको चहलपहल पछिल्ला दुई दिनमा निकै कम भएको जनाइएको छ।

प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार नेपालमा आएको सलह किराले शनिबार (हिजो) र आइतबार बालीनालीमा क्षति गरेको पाइएको छैन ।

advertisement

सलहको समूह नेपाल आउन सक्ने खतरा अझै नटरको बताइएको छ। नेपालबाट सबैभन्दा नजिक भारत उत्तर प्रदेशको चौरारामा ७० हेक्टर क्षेत्रफलमा फैलिएको ठूलो झुण्ड रहेकोले त्यो समूह आउन सक्ने रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?