काठमाडौं, २० असार। एक १३ महिने शिशुमा कोरोना भाइसको संक्रमण देखिएको छ ।
महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा उपचाररत १३ महिनाको शिशुमा कोरोना भाइरसको संक्रमण देखिएको हो । शिशुलाई गत आइतबार उपचारका लागि उदयपुरबाट ल्याइएको थियो। कोरोना पुष्टिपछि उनलाई बलम्बुस्थित युनिफाइड अस्पतालमा पठाइएको बताइएको छ।

कान्ति अस्पतालमा पहिलो पटक संक्रमण देखिएको पुष्टि भएको जनाइएको छ ।




