काठमाडौं, २० असार। फेरि नेपालमा एक कोरोना संक्रमितका ज्यान गएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ३३ पुगेको छ ।
गोरखा अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको हो। पालुङटार नगरपालिका वडा नं ७ को ४४ वर्षीय पुरुषको मृत्यु भएको बताइएको छ । शनिबार बिहान ५ बजेर ५ मिनेटमा मृत्यु भएको उनी असार १६ गते कतारबाट आएका थिए ।

डाइबिटीजको दीर्घरोगीसमेत रहेका उनको आइसोलेसनमा राखेर उपचार भइरहेको थियो ।




