काठमाडौं, १८ असार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भित्रका नेताहरुबीच बिहीबार बिहान खुमलटारमा छलफल भएको छ ।
नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओली समूहका नेताहरुलाई बोलाएर छलफल गरेका हुन्।
छलफलमा ओली निकटका ईश्वर पोखरेल, विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ, शंकर पोखरेल र प्रचण्ड समूहका वर्षमान पुन , जनार्दन शर्मा लगायतका नेताहरु सहभागी थिए।

अध्यक्षद्वय अब मिल्नुको विकल्प नभएको जनाइएको छ । नमिलेको विषयमा छिट्टै छलफल गरेर टुंग्याउने भएको छ ।




