काठमाडौं, १८ असार । सलह कीरा झण्डै ८० देखि ९० लाखको हाराहारीमा नेपाल भित्रिएको विज्ञले जनाएको छ ।
सलह अफ्रिकी मुलुकबाट भारत हुँदै नेपाल भित्रिएको हो । सलह बुधबारसम्म ५२ जिल्लामा पुगेको बताइएको छ। गत शनिबार सलह भारतबाट निजगढ हुँदै नेपाल प्रवेश गरेको थियो।

शनिबार नेपाल छिरेको सलह सोही दिन रामेछाप, बारा, पर्सा, सर्लाही, सिन्धुली र रुपन्देहीमा देखिएको थियो। आइतबार धेरै जिल्लामा फैलिएको सलह मङ्गलबार काठमाडौँमा समेत देखियो।
काठमाडौं उपत्यकामा आएको सलह केही यहाँ खसेको र बाँकी झुण्ड भने बुधबार नुवाकोट पुगेको जनाइएको छ ।




