१७ असार । कोरोना महामारीको कारण बैंक तथा सहकारी एवम् वित्तिय संस्थाबाट ऋण लिएर ब्यवसाय गर्ने व्यवसायीऔधी मारमा परेका छन् ।
बैंक तथा सहकारीहरुले आफूखुसी साँवा ब्याज कटाउन थालेपछि व्यवसायी तथा व्यापारी मारमा परेका हुन् । यसबारे सामाजिक सञ्जाल र अन्त्य माध्यमबाट गुनासो पोख्नेको घुँइचो बढेको छ ।
मध्यम वर्गीय व्यवसायी तथा ब्यापारीहरु बैंकको ब्याज, किस्ता, स्टाफहरुको तलब , दोकान, गोदाम, घर भाडा , बिजुली, पानीको बिल, घर खर्च लगयतको अभावले मरणासन्न बनेको जनगुनासो यतिबेला जताततै बढेको छ ।
सबै व्यवसाय, बन्द व्यापार, आर्थिक गतिविधि ठप्प भएको बेलामा बैंकको ब्याज बढीरहेको छ । सरकारले यो लकडाउनको समयावधीमा सरकारी र गैरसरकारी वित्तिय संस्था बैंकहरूले ऋणको ब्याज मिनाहा गर्ने प्रभावकारी योजना बनाएर कार्यन्वयन गर्नुपर्ने आम जनताको तिब्र गुनासो छ ।
लकडाउनले व्यवसाय र लगानी डुबेपछि मन्दिरा मल्ल (नाम परिवर्तन)ले झण्डै आत्महत्या गरिन्, एक व्यवसायी भन्दै थिए ।

यो गम्भीर विषयमा अहिलेसम्म कसैले सोचेको छैन । कोरोना कोरोना भनेर बोलिरहने सरकार बैकको साँवा ब्याजको विषयमा चाहिँ चूँ पनि बोलेको छैन, जताततै आक्रोस सुनिएको छ।
सबै व्यवसाय, बन्द व्यापार, आर्थिक गतिविधि ठप्प भएको बेलामा बैंकको ब्याज बढीरहेको छ । सरकारले यो लकडाउनको समयावधीमा सरकारी र गैरसरकारी वित्तिय संस्था बैंकहरूले ऋणको ब्याज मिनाहा गर्ने प्रभावकारी योजना बनाएर कार्यन्वयन गर्नुपर्ने, आम जनताको तिब्र गुनासो छ ।
घर भाडा छुट गराउने सरकारी आश्वसन पनि ‘हात्ती आयो हात्ती आयो फुस्सा’ भएको आम उपभोक्ता जनताको दुखेसो जताततै व्यप्त छ । के लकडाउनले पार्ने आर्थिक घाटाको जिम्मेवारी भाडामा बस्ने जनताले मात्रै बेहोर्नु पर्ने हो? यसको असर घरबेटीलाई पर्दैन? घरबेटीले यसको केही हिस्सा बेहोर्नु पर्दैन? ‘आर्थिक उपार्जनको सारा काम ठप्प भएको बेला कहाँबाट घरभाडा ल्याएर दिने?’ तमाम भाडावाल उपभोक्ता जनताको दुखेसो छ ।
सरकारले गरेको लकडाउन पनि त्यति प्रभावकारी देखिएन, एक सर्बसाधारण भन्दै थिए । लकडाउनकै बिचमा यति धेरै कोरोना बढ्नुले लकडाउनको औचित्य खासै नभएको गुनासो जताततै व्यापक बनेको छ ।
घर भाडा छुट गराउने सरकारी आश्वसन पनि ‘हात्ती आयो हात्ती आयो फुस्सा’ भएको आम उपभोक्ता जनताको दुखेसो जताततै व्यप्त छ । के लकडाउनले पार्ने आर्थिक घाटाको जिम्मेवारी भाडामा बस्ने जनताले मात्रै बेहोर्नु पर्ने हो? यसको असर घरबेटीलाई पर्दैन? घरबेटीले यसको केही हिस्सा बेहोर्नु पर्दैन? ‘आर्थिक उपार्जनको सारा काम ठप्प भएको बेला कहाँबाट घरभाडा ल्याएर दिने?’ तमाम भाडावाल उपभोक्ता जनताको दुखेसो छ ।
कोरोनाले प्रताडित पश्चिमा देशहरूले लकडाउन नगरीकनै जीवन चलाउने अभ्यास गरिरहेका छन् । हामीले गर्ने पनि त्यहीँ हो । कोरोनाले केही हजार मानिसलाई असर गर्ला, तर, लकडाउनको नाममा घरमा थुनिएर त सबै मर्ने अवस्था आउँछ, आम जनताको भनाई छ ।
सरकारले निश्चित प्रभावकारी मापदण्ड बनाएर सार्बजनिक यातायात, शिक्षण संस्था लगायत सबै दैनिक आर्थिक, शैक्षिक लगायतका व्यवसायलाई सञ्चालनमा सहजीकरण गर्नुपर्छ । कोरोना लगायतका विपत्तिको सशक्त सामना गर्दै संघर्षशील भएर दैनिक जीवन सञ्चालन गर्ने उपयुक्त वातावरण सरकारले निर्माण गर्नुपर्छ।




