advertisement

अहिले विश्वभरिका विज्ञहरू कोरोना भाइरस निर्मूल गर्न प्रयासमा लागेका छन् । तर पनि शीर्ष रोगविज्ञानीहरू इन्फ्लूएन्जाको नयाँ र खराबप्रति पनि सचेत रहेको जनाइएको छ ।

" /> चीनमा फेला पर्यो महामारी ल्याउन सक्ने अर्को नयाँ भाइरस - Sarbocha Media

चीनमा फेला पर्यो महामारी ल्याउन सक्ने अर्को नयाँ भाइरस

`

     २०७७ आषाढ १६ गते ७:१०

एजेन्सी, १७ असार । चीनको वैज्ञानिकहरुले फ्लूको एक त्यस्तो नयाँ स्ट्रेन पत्ता लगाएको छ जसले महामारीको स्वरुप लिने खतरा रहेको जनाएको छ ।

हाल उपलब्ध जानकारी अनुसार उक्त स्ट्रेन सुंगुरहरुमा भएको छ । तर यसले मानिसहरुलाई पनि संक्रमित गर्न सक्ने चिन्त बढेको छ ।

अनुसन्धानकर्ताहरुका अनुसार भाइरसले आफ्नो स्वरुप फेर्न सक्ने र एक व्यक्तिबाट अर्का ब्यक्तिमा सजिलै फैलिन सक्ने रहेको छ । यसले महामारीको रुप लिने सक्ने सम्भावना धेरै रहेकोले चिन्ता बढेको छ ।

अनुसन्धानकर्ताहरुले यस भाइरसको लक्षणहरुअनुसार यसले मानिसहरुमा संक्रमण गर्न सकिने देखिएको छ । भाइरसमाथि मध्यनजर गर्न एकदमै महत्वपूर्ण रहेको छ ।

advertisement

अहिले विश्वभरिका विज्ञहरू कोरोना भाइरस निर्मूल गर्न प्रयासमा लागेका छन् । तर पनि शीर्ष रोगविज्ञानीहरू इन्फ्लूएन्जाको नयाँ र खराबप्रति पनि सचेत रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?