काठमाडौं, १६ असार । ट्याक्सी चालक आन्दोलनमा उत्रिएका छन् ।
लकडाउनका कारण लामो समयदेखि ट्याक्सी चलाउन नपाएपछि मंगलबार बिहान नयाँबानेश्वर–तीनकुने सडकखण्डको किनारमा व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् ।

ट्याक्सी चालक तथा व्यवसायीहरुले ‘रोगले होइन, भोकले मर्ने भइयो सरकार’, घरबेटीले कोठा भाडा माग्यो सरकार’, र ‘कि हामीलाई गरिखान देऊ, जस्ता नारा लेखिएका पर्चा शरीरमा टाँसेर आन्दोलनमा उत्रिएका छन्।




