काठमाडौं, १५ असार । सलह कीरा नेपालको विभिन्न स्थानहरुमा देखिन थालेको छ । तराईमा मात्र नभइ पहाडमा पनि फेला परेको छ ।
रामेछाप, दाङ, बुटल र पाल्पा र लमजुङ लगायतका जिल्लाहरुमा सलह किरा फैलिन थालेको छ । भारत हुँदै नेपाल प्रवेश गरेका सलह किरा दाङसम्म पुगेका छन् । तर भारतमा जस्तो ठूलो समूहमा भने नआएको जनाइएको छ।

तराई मधेसका जिल्लामा शनिबार दिउँसो एक्कासी देखा परेका सलहका बथान एकै दिनमा भित्री मधेश र पहाडी जिल्लाहरुमा फैलिइसकेको छ ।




