काठमाडौं, १४ असार। नेपालमा सलह कीराको समूह सानो भएकोले डराउनु नपर्ने जनाइएको छ ।
कृषि मन्त्रालयले अहिलेसम्म नेपालमा देखिएको सलह किराको बथान सानो रहेको र यसले धेरै क्षति नपुर्याएको बताएको हो ।
मन्त्रालयले सलह किराबारे जानकारी दिन एउटा टेलिफोन नम्बर व्यवस्था गर्ने भएको छ । उक्त नम्बरमा फोन गरेर किसानहरुले सलह किराबारे जानकारी दिन सक्ने बताइएको छ।

मन्त्रालयको अनुसार गृह र विपदसँग समन्वय गरी सलह नियन्त्रण गर्न विषादी छर्किनुपर्ने भए ड्रोन, ट्यांकर लगायतको व्यवस्था मन्त्रालयले गरिने छ ।




