काठमाडौं, १४ असार। नेपाली सेनाले १० वटा सवारीसाधन खरिद गर्ने भएको छ ।
‘अपरेसनल भेइकल’ तराई र पहाडका लागि ५/५ वटा गरेर १० वटा सवारीसाधन खरिद गर्न लागेको जनाइएको छ । नेपाली सेनाले १८ करोड रुपैयाँ बराबरको सवारीसाधन खरिद प्रक्रिया अघि बढाएको बताइएको छ । सेनाले किन्न लागेको डबल क्याब पिकअप रहेको बताइएको छ ।
सेनाले ‘सी’ क्याटेगोरीको एम्बुलेन्स पनि एउटा खरिद गर्दैछ । सेनाले एम्बुलेन्स ५ वटा माग गरेको थियो ।




