एजेन्सी, १४ असार। पेरिसको एफिल टावर तीन महिना भन्दा बढी बन्दपछि खुलेको छ ।
फ्रान्समा लकडाउनको साथ एफिल टावर पनि पर्यटकहरूको लागि बन्द थियो। दोस्रो विश्वयुद्धपछि पहिलो पटक एफिल टावर आम जनताको लागि बन्द गरिएको थियो। तर अझै त्यहाँ जानेहरूको लागि धेरै सर्तहरू लगाइएको छ।
पर्यटकहरूको संख्या सीमित गरिएको छ । ११ बर्ष भन्दा माथिका सबै व्यक्तिहरूले फेस मास्क लगाउन अनिवार्य छ, र सामान्य व्यक्ति दोस्रो तला भन्दा माथि जान सक्षम हुँदैनन्।
१ जुलाई सम्म लिफ्टको प्रयोग प्रतिबन्धित भएकोले पर्यटकहरूले भर्याङ प्रयोग गर्नुपर्नेछ। फिल टावर १८ ८९ मा निर्माण गरिएको थियो। प्रत्येक बर्ष लगभग ७० लाख मानिसहरू भेट्न त्यहाँ आउँछन् र ती मध्ये। ७५ प्रतिशत फ्रान्स बाहिरका हुन्।

फ्रान्स युरोपमा कोरोनाबाट सबैभन्दा बढी प्रभावित देशहरू मध्ये एक हो। जोन्स हपकिन्स विश्वविद्यालयका अनुसार फ्रान्समा हालसम्म एक लाख ९७ हजार ८ सय ८५ ।




