बुटवल, १४ असार । सलह कीरा नेपालमा पनि भित्रिरहेको छ । जसले खेती बाली नस्ट गर्न सुरु भएको छ । यसै क्रमम पाँच नम्बर प्रदेशमा पनि सलह देखिन थालेको छ । यसैक्रममा प्रदेश सरकारले नयँ नियम बनाएको छ ।
पाँच नम्बर प्रदेश सरकारले सलहको मूल्य २० रुपैयाँ तोकेको छ । शनिबार बसेको आकस्मिक बैठकले जसले सलह मारेर ल्याउने जो कोहीलाई प्रतिकिलो २० रुपैयाँ पाउने गरी मूल्य तोकेको हो ।

किसानले किरा मारेर बुझाए प्रतिकिलो २० रुपैयाँ प्रोत्साहन रकम दिने निर्णय भएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।




