advertisement

स्वास्थ्य कार्यालय पाल्पाका अनुसार पाल्पाको पूर्वखोला गाउँपालिका वडा नंं. १ सिलुवाका ४५ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । उनको शव व्यवस्थापनमा खटिएका दुईजना सैनिकमा कोरोना भेटिएको छ ।

" /> कोरोनाबाट मृत्यु भएको व्यक्तिको शव व्यवस्थापनमा खटिएका दुई सैनिकमा कोरोना फेला - Sarbocha Media

कोरोनाबाट मृत्यु भएको व्यक्तिको शव व्यवस्थापनमा खटिएका दुई सैनिकमा कोरोना फेला

`

     २०७७ आषाढ १३ गते ६:१५

बुटवल, १३ असार । कोरोना संक्रमणबाट ज्यान गुमाएकाहरुको शव व्यवस्थापनमा खटिएका नेपाली सेनामा पनि कोरोना देखिएको छ ।

पाल्पामा कोरोनाले ज्यान गएको व्यक्तिको शव व्यवस्थापनमा खटिएका नेपाली सेनाका दुई जवानलाई पनि कोरोना संक्रमण फेला परेको बताइएको छ । उनीहरु पाल्पा तानसेनस्थित गोरखदल गणका ३३ र ३४ वर्षका जवान रहेका छन् । उनीहरुको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको बताइएको छ।

advertisement

स्वास्थ्य कार्यालय पाल्पाका अनुसार पाल्पाको पूर्वखोला गाउँपालिका वडा नंं. १ सिलुवाका ४५ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । उनको शव व्यवस्थापनमा खटिएका दुईजना सैनिकमा कोरोना भेटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?