काठमाडौं, १३ असार। कोरोना भाइरस रोकथामका लागि लगाइएको लकडाउन भरको भाडा मिनाहा गर्न नेपाल राष्ट्रिय व्यवसायी महासंघले माग गरेको छ ।
लकडाउन भर व्यवसाय गर्न नपाएको र सटर बन्द रहेकोले दैनिक गुजारा टार्न व्यवसायीहरुलाई गाह्रो परेको कारण भाडा मिनाहा गर्न महासंघले माग गरेको जनाएको छ।
महासंघले एक विज्ञप्ति जारी गरी भनिएको छ , लकडाउन केही सहज भइसकेपछि पनि प्रायः व्यापार ठप्प भएको कारण सम्पूर्ण व्यवसायीहरु यतिबेला दैनिक गुजारा टार्नसमेत संकट खेप्नु पर्ने अवस्थामा पुगेका छन् ।

महासंघले केही दिनको मात्रै नभई पूरै लकडाउन भरको घरभाडा मिनाहाका लागि माग गरेको छ ।




