बुटवल, ११ असार। पाल्पाका थप ३१ जनामा कोरोना फेला परेको छ । पाल्पामा बिहीबार थप ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमितहरु प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणबाट ३१ जना संक्रमित थपिएका छन् । यस अगाडि विहाना मात्र भरतपुर अस्पताल चितवनको प्रयोगशालामा गरिएको परीक्षणमा पाल्पाको निस्दी गाउँपालिकाका ९३ जनामा कोरोना देखिएको थियो ।

पीसीआर परीक्षणमा तानसेन नगरपालिकाको बतासेस्थित साइन्स क्याम्पसको क्वारेन्टिनमा बस्दै आएका ४१, ३२ र ३२ वर्षका तीनजना पुरुषसहित ३१ जनामा कोरोना पुष्टि भएको जनाइएको छ ।
यो संगै पाल्पामा कोरोनाको संक्रमित ३ सय ७२ पुगेको छ।




