advertisement

भरतपुरका विभिन्न अस्पतालबाट संकलित अन्य ६३ जनाको स्वावको नतिजा भने नेगेटिभ आएको छ । भरतपुर प्रयोगशालामा बुधबासर २९७ जनाको कोरोना परिक्षण गरिएको थियो ।

" /> पाल्पाका थप ९३ जनामा कोरोना देखियो - Sarbocha Media

पाल्पाका थप ९३ जनामा कोरोना देखियो

`

     २०७७ आषाढ ११ गते ४:१९

चितवन, ११ असार । पाल्पामा थप ९३ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

भरतपुर स्थित कोरोना प्रयोगशालामा गरिएको परिक्षणमा पाल्पाका ९३ जनाको स्वावमा कोरोना संक्रमण देखिएको जनाइएको छ।

पाल्पाका २३४ नमुना मध्य बुधबार गरिएको परीक्षणमा ठूलो संख्यामा पोजेटिभ देखिएको भरतपुर अस्पतालले बिहिवार बिहान जानकारी दिएको छ । संक्रमितहरु पाल्पाका विभिन्न स्थानका रहेको बताइएको छ ।

advertisement

भरतपुरका विभिन्न अस्पतालबाट संकलित अन्य ६३ जनाको स्वावको नतिजा भने नेगेटिभ आएको छ । भरतपुर प्रयोगशालामा बुधबासर २९७ जनाको कोरोना परिक्षण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?