झापा, ११ असार । झापा गाउँपालिकाको गाउँसभामा कुटपिट भएको छ । घटनामा पालिकाका केही कुर्सी र टेबलहरु भाँचिएका छन् ।
झापाको हल्दिवारी गाउँपालिकाको गाउँसभाका केही सदस्यले अध्यक्ष रविन्द्र लिङ्गदेनलाई मुक्का प्रहार गरेको जनाइएको छ ।
मुक्का खाएका लिङ्गदेनको हाल भद्रपुरस्थित मेची अस्पतालमा उपचार भइरहेको बताइएको छ । नेकपाबाट निर्वाचित गाउँ सभा सदस्यबाट आफूमाथि आक्रमण भएको उनले आरोप लगाएका छन्।

गाउँ सभामा प्रस्तुत नीति तथा कार्यक्रमका अन्तरबस्तुमा सभा सदस्यसँग सुझाव संकलन गरिरहेको समयमा एकैपटक आक्रमण सुरु भएको जनाइएको छ ।




