काठमाडौं, ११ असार । नेपालमा फेरि एक जना कोरोना भाइरसबाट मृत्यु भएको छ । यो संगै नेपालमा कोरोनाको कारण ज्यान जानेको संख्या २५ पुगेको छ ।
कोरोनाबाट ज्यान गुमाएको उनी स्याङ्जा सिरूवारीका ५५ वर्षीय पुरूष रहेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको उनको बुधबार राति मृत्यु भएको बताइएको छ ।

असार ८ गते अस्पताल भर्ना भएका उनको स्वास्थ्य बिग्रिँदै गएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो ।




