बिराटनगर, १० असार । प्रेमिले तनाव दिन थालेपछि प्रमिकाले आत्महत्या गरेकी छिन् । विराटनगर महानगरपालिका–३ मा बस्दै आएकी युवतीलाई प्रमीले विहे गर्न अस्वीकार गर्नुका साथै ब्ल्याकमेल गर्न थालेपछि झुण्डिएर आत्महत्या गरेकी छिन् ।
उदयपुरको बेलका नगपालिका–२ घर भएकी २४ वर्षीया श्वेता पोखरेलको शव झुण्डिएको अवस्थामा आइबार साँझ फेला परेको थियो ।
प्रहरीले घटनाको अनुसन्धान अघि बढाएपछि घटना आत्महत्या दुरुत्साहन रहेको पत्ता लागेको छ । पारिवारिक स्रोतका अनुसार प्रेमी मोरङको सुन्दरहरैंचा नगरपालिका–१० का २५ वर्षीय सविन पराजुलीले विहे गर्न अस्वीकार गरेपछि उनको विराटनगरकै अर्का युवकसँग विहेको निधो भएको थियो।
सविनले विहे गर्न नमानेपछि पारिवारिक सल्लाह बमोजिम असार १४ गते उनको मागी विहे गर्ने गरी सोमबार फूलमालाको तयारी गरिएको जनाइएको छ ।

युवकसँग प्रेमिकाले विहे गर्न लागेको थाहा पाएका सविनले विहे भाँड्ने योजन अनुरुप विभिन्न हर्कत गरेको बताइएको छ।




