advertisement

अविरल वर्षा र त्यसपछि सिर्जित बाढी तथा पहिरोले यी क्षेत्रमा मानवीय र भौतिक क्षति पुग्ने छ । जसका लागि सरकार चाँडो भन्दा चाँडो
त्यस्तो हुनबाट जोगाउन पूर्वतयारी र प्रतिकार्य योजना लागू गर्नुपर्ने छ ।

" /> काठमाडौं, ललितपुर, भक्तपुरका १६७ क्षेत्र बाढी, पहिरो र डुबानको जोखिममा - Sarbocha Media

काठमाडौं, ललितपुर, भक्तपुरका १६७ क्षेत्र बाढी, पहिरो र डुबानको जोखिममा

`

     २०७७ आषाढ ०९ गते ३:५४

काठमाडौं, ९ असार । उपत्यकाका १६७ क्षेत्र बाढी, पहिरो, डुबानलगायत जोखिममा रहेको पत्ता लागेको छ ।

प्रहरीले गृह मन्त्रालयलाई काठमाडौंका ७४, ललितपुरका ४८ र भक्तपुरका ४३ क्षेत्र बाढी, पहिरो, डुबान खतरामा रहेको भन्दै विवरण बुझाएको छ। खोला तथा नदी तटीय क्षेत्र र सार्वजनिक जग्गाजमिन अतिक्रमण, अव्यवस्थित बसोबास र एकीकृत बस्ती विकासको अभावले ति स्थानहरु खतरामा रहेको जनाइएको छ ।

advertisement

अविरल वर्षा र त्यसपछि सिर्जित बाढी तथा पहिरोले यी क्षेत्रमा मानवीय र भौतिक क्षति पुग्ने छ । जसका लागि सरकार चाँडो भन्दा चाँडो
त्यस्तो हुनबाट जोगाउन पूर्वतयारी र प्रतिकार्य योजना लागू गर्नुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?