काठमाडौं, ८ असार। नेपाल सरकारले आफ्नो नागरिकहरुलाई स्वदेश फर्काउन २ हजार ३ सय ५० डलर हवाई टिकट लिएको छ ।
अस्ट्रेलियास्थित व्यवसायीले बढीमा १ हजार ७ सय ५० अस्ट्रेलियन डलरमा नेपालीलाई स्वदेश फर्काउन सकिने बताएको थियो तर नेपाल सरकारले भने महंगो हवाई टिकट तिर्न लगाइएको जनाइएको छ।

अस्ट्रेलियामा १३ वर्षदेखि हवाई टिकट व्यवसाय गर्दै आएका व्यवसायी सरकारले तोकेको भन्दा कम भाडामा नेपालीलाई अस्ट्रेलियाबाट उडाउन सकिने भन्दै नेपालस्थित वायुसेवा निगममा मेलबर्नबाट पटकपटक सम्पर्क गर्दा पनि बवास्त गरिएको बताइएको छ ।




