advertisement

त्यस्तैगरी स्याङ्जाकै कालीगण्डकी गाउँपालिकामा १४ र १८ वर्षका दुई जना युवामा पनि कोरोना पुष्टि भएको छ, भने नवलपुरको बौदिकाली गाउँपालिकामा ८ जना कोरोना संक्रमित फेला परेका छन् । उनीहरु १८ वर्षदेखि ५० वर्ष उमेर समूहका छन् । सबै जना सम्बन्धित जिल्लाको क्वारेन्टिनमा रहेका छन् ।

" /> गण्डकी प्रदेश बिहानै थपिए २० कोरोना संक्रमित - Sarbocha Media

गण्डकी प्रदेश बिहानै थपिए २० कोरोना संक्रमित

`

     २०७७ आषाढ ०८ गते २:१२

काठमाडौं, ८ असार । गण्डकी प्रदेशका दुई जिल्ला स्याङ्जामा १२ र नवलपुरमा ८ जना थप संक्रमित देखिएको छ । योसंगै आज बिहान गण्डकी प्रदेशमा २० जना कोरोना भाइरस संक्रमित फेला परेका हुन् ।

संक्रमित सबै भारतबाट फर्किएका हुन् । हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ५ सय ४० पुगेको छ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा ८ जना पुरुष र २ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरु ६ वर्षका बालक एक जना र सात वर्षका बालक तीन रहेका छन् ।

advertisement

त्यस्तैगरी स्याङ्जाकै कालीगण्डकी गाउँपालिकामा १४ र १८ वर्षका दुई जना युवामा पनि कोरोना पुष्टि भएको छ, भने नवलपुरको बौदिकाली गाउँपालिकामा ८ जना कोरोना संक्रमित फेला परेका छन् । उनीहरु १८ वर्षदेखि ५० वर्ष उमेर समूहका छन् । सबै जना सम्बन्धित जिल्लाको क्वारेन्टिनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?