काठमाडौं, ७ असार । मुलुकभर करिब ४२ जिल्लामा फौजी कीराले समस्या पारिरहेको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सो जानकारी दिएको हो । ‘गत वर्षको तुलनामा यो वर्ष कीराको प्रकोप बढेको छ । मकै बालीमा फौजी कीरा संक्रमण बढेपछि प्लान्ट क्वोन्टिन एवं विषादी व्यवस्थापन केन्द्रले सबै प्रदेशसँग विवरण मागेको थियो । तर प्रदेश १ र ५ बाहेक अन्य प्रदेशबाट विवरण आएको छैन ।
जिल्लाअनुुसार १५ देखि २० प्रतिशतसम्म मकै नष्ट भएको जनाइएको छ । प्रदेश १ मा १४ जिल्लाका ३२ हजार ५ सय ४० घरधुरी प्रभावित छन् ।

प्रदेश १ का सोलुखुम्बु, मोरङ, सुनसरी, भोजपुर, झापा, खोटाङ, तेह्रथुम, धनकुटा, इलाम, ताप्लेजुङ, पाँचथरलगायत १४ जिल्लामा करिब १ लाख २२ हजार ३ सय ९५ हेक्टरमा मकै बालीमध्ये १० हजार ६ सय ३४ हेक्टरमा प्रकोप देखिएको छ।




