advertisement

कोरोना भाइरसका कारण लामो समयदेखि विभिन्न मुलुकमा ती शव अलपत्र परेका थिए। अलपत्र परेका शव उद्घार हवाई सेवाबाट ल्याइएको हो।

" /> विदेशबाट एकै दिनमा २४ बाकस शव नेपाल आइपुग्यो - Sarbocha Media

विदेशबाट एकै दिनमा २४ बाकस शव नेपाल आइपुग्यो

`

     २०७७ आषाढ ०६ गते ४:५१

काठमाडौं, ६ असार । विदेशबाट एउटै जहाजले २० बाकस ल्याएको छ । शुक्रबार कुल २४ नेपालीको शव नेपाल ल्याइएको छ।

चैत र वैशाखमा मात्रै वैदेशिक रोजगारीका क्रममा दुई सय सात जना नेपालीको ज्यान गएको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।

फागुनसम्म पाँच सय ८१ पुरुष र १६ महिला गरी पाँच सय ९७ जनाको मृत्यु भएको बताइएको छ । वैदेशिक रोजगारीका क्रममा गत आर्थिक वर्ष सात सय ५४ जनाको मृत्यु भएको थियो।

अन्तर्राष्ट्रिय उडान बन्द भएका कारण पछिल्लो तीन महिना (लकडाउन बेला)मा मृत्यु भएका कामदारको शव स्वदेश ल्याउन समस्या भएको थियो। रोजगारी गुमाएका कामदारसँगै शवसमेत चार्टर्ड उडानबाट ल्याउन थालिएको छ।

advertisement

कोरोना भाइरसका कारण लामो समयदेखि विभिन्न मुलुकमा ती शव अलपत्र परेका थिए। अलपत्र परेका शव उद्घार हवाई सेवाबाट ल्याइएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?