बुटवल, ३ असार । कोरोना भाइरसको आरडीटी परीक्षण पोजेटिभ देखिएको एक पुरुषले आत्महत्या गरेका छन् ।
आरडीटी परीक्षण पोजेटिभ आएको अर्घाखाँचीको शितगंगा नगरपालिका–५ जुकेनास्थित हरि माविको क्वारेन्टिनमा बसेका ४४ वर्षीय देवबहादुर विकले गएराति आत्महत्या गरेको बताइएको छ।

उनले राति विद्यालय नजिकैको एक रूखमा झुण्डिएर आत्महत्या गरेका हुन् । २४ गते गरिएको आरडीटी परीक्षण रिपोर्ट पोजेटिभ उनको । पीसीआर परीक्षणका लागि २५ गते स्वाबको नमुना लिएर प्रादेशिक प्रयोगशाला भैरहवा पठाइएको थियो ।
भारतबाट आएको २५ दिन भएको उनी पञ्जाबबाट आएर क्वारेन्टाइनमा बसेका थिए ।




