advertisement

एफडीएले यो औषधि प्रयोगमा रोक लगाएको निर्णयप्रति प्रतिक्रिया व्यक्त गर्दै राष्ट्रपति ट्रम्पले सोमबार पत्रकारहरूलाई भने,मैले यो औषधि लिएँ र मलाई यो मनप¥यो । ’ट्रम्पले भने ‘मलाई कुनै गुनासो छैन, मैले यो औषधि दुई हप्ता लिएँ, र म तपाईंको अगाडि छु । ’

७४ वर्षीय राष्ट्रपति ट्रम्पले अगाडि भनेका छन् ‘ धेरै व्यक्तिले मलाई भनेका छन्, यो औषधिले उनीहरुको जीवन बचायो । ’

" /> अमेरिकामा कोरोना नियन्त्रणका लागि प्रयोग हुँदै आएको हाइड्रोक्सीक्लोरोक्वीन औषधिमा प्रतिबन्ध - Sarbocha Media

अमेरिकामा कोरोना नियन्त्रणका लागि प्रयोग हुँदै आएको हाइड्रोक्सीक्लोरोक्वीन औषधिमा प्रतिबन्ध

`

     २०७७ आषाढ ०२ गते ७:०६

एजेन्सी, २ असार । संयुक्त राज्य अमेरिकाले कोरोना भाइरस अन्तर्गत आपतकालीन उपचारका लागि हाइड्रोक्सीक्लोरोक्वीन नामक औषधि प्रयोग गर्न प्रतिबन्ध लगाएको छ ।

अमेरिकी सरकारको फूड एण्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए) ले यो एन्टी मलेरियाल औषधिको क्लिनिकल परीक्षणबाट प्राप्त नयाँ प्रमाणहरूले डरलाग्दो भाइरस र संक्रमणबाट बिरामी नभएकाहरुको लागि औषधि प्रभावहीन भएको देखाएको जनाएको छ ।

गत मार्चमा, एफडीएले गम्भीर केसहरूमा मात्र यो औषधिको प्रयोगलाई अनुमति प्रदान गरेको थियो । यद्यपि यसको बाबजुद पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस औषधिको प्रयोगलाई जायज ठहराएका थिए ।

advertisement

एफडीएले यो औषधि प्रयोगमा रोक लगाएको निर्णयप्रति प्रतिक्रिया व्यक्त गर्दै राष्ट्रपति ट्रम्पले सोमबार पत्रकारहरूलाई भने,मैले यो औषधि लिएँ र मलाई यो मनप¥यो । ’ट्रम्पले भने ‘मलाई कुनै गुनासो छैन, मैले यो औषधि दुई हप्ता लिएँ, र म तपाईंको अगाडि छु । ’

७४ वर्षीय राष्ट्रपति ट्रम्पले अगाडि भनेका छन् ‘ धेरै व्यक्तिले मलाई भनेका छन्, यो औषधिले उनीहरुको जीवन बचायो । ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?