एजेन्सी, १ असार । भारतमा कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेको छ ।
पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट ११ हजार ५ सय २ जना नयाँ संक्रमित थपिएका छन् । योसंगै भारतमा कुल कोरोनाको संक्रमितको संख्या तीन लाख ३२ हजार ४ सय २४ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टाा ३ सय २५ मानिसहरुको ज्यान गएको छ । यो संगै त्यहाँ ज्यान जानेको संख्या ९ हजार ५ सय २० पुगेको छ ।




