नक्सासम्बन्धी संविधान संशोधन प्रस्तावविरुद्ध उभिएकी गिरी पार्टी र सांसद दुबै पदबाट हट्ने सम्भावना धेरै
काठमाडौं, १ असार। नेपालले आफ्नो भूमि समेटिएर सार्वजनिक गरिएको नक्सासम्बन्धी संविधान संशोधन प्रस्तावको विरुद्धमा उभिएकी गिरीलाई समाजवादी पार्टीले पार्टी र सांसद दुबै पदबाट हटाउने भएको छ ।
गिरीलाई समाजवादी पार्टीको ह्विप उल्लंघन गरेका कारण हटाउन लागिएको जनाइएको छ । उनले पार्टीको निर्णय विपरीत संसदमा विधेयक प्रस्तुत गरेकि जनाइएको छ ।

संविधानको धारा ८९ को (ङ) मा जुन दलको उम्मेदवार भई प्रतिनिधिसभा सदस्य बनेको हो, त्यस्तो दलले दल त्याग गरेको कुरा सूचित गरेमा सांसद पद निलम्वन हुने प्रावधान छ ।




