काठमाडौं, ३२ जेठ । सरकारले हिजो शुक्रबार सूचना जारी गरेर सडक आन्दोलन नगर्न चेतावनी दिए पनि आज पनि विभिन्न ठाउँमा सरकार विरोधी प्रदर्शन भएकाे छ ।
सामाजिक सञ्जालमा आवद्ध युवाहरुको समूहले शुक्रबार प्रधानमन्त्री निवास वालुवाटारमा गरेको प्रदर्शन पछि गृह मन्त्रालयले एक सूचना जारी गरी लकडाउनको उल्लंघन गरेर सडकमा प्रदर्शन गर्नेलाई कानून बमोजिम कारवाही गर्ने चेतावनी दिएको थियो । तर गृहको सूचनाको पर्वाह नगरी शनिबार र आइतबार झनै धेरै ठाउँमा प्रदर्शन गरेका छन् ।
सामाजिक सञ्जालमा सञ्चालित अभियानमार्फत सरकारविरुद्ध प्रदर्शन गर्दै आएका युवाहरुको समूहले आज काठमाडौं, धादिङ, गुल्मि, चितवन, राैतहट, तनहुँ, जुम्ला, मग्यदिमामा प्रदर्शन गरेका छन् ।

मास्क र मुकुण्डो लगाएर भेला भएका युवाहरुले कोरोना संक्रमितको पीसीआर विधिबाट परीक्षण गर्नुपर्ने, कोरोना महामारी रोकथामको काममा खर्च भएको रकम पारदर्शी बनाउनुपर्नेलगायतका माग राखेका छन् । प्रदर्शनकारीहरूले सरकारले नयाँ नक्शा सार्वजनिक गरेकाेमा धन्यवाद पनि दिएका छन् ।
‘पीसीआर टेष्टको दायरा बढाउनु पर्ने , प्रभावहिन बनेको आरडीटी परीक्षण रोक्नु पर्न , मृत्युशैया तुल्य र भाइरसको संक्रमण फैलावटको कारक बनेको क्वारेन्टाइनको सुधार गर्नु पर्ने , मेडिकल क्षमताको विस्तार गर्नुपर्ने , अग्रपंक्तिमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मीको सुरक्षा र स्वाभिमानको सुनिश्चिता गर्र्नु पर्ने , कोरोना नियन्त्रणमा खर्च गरिएको भनिएको १० अर्ब खर्चको पारदर्शिता सार्वजनिक गर्नु पर्नेलगायतका माग राखेर गत सातादेखि दशेका बिभिन्न भागमा यो समूहले प्रदर्शन गर्दै आएको छ ।
दिनानुदिन प्रदर्शनमा स्वतस्फुर्तरुपमा युवाहरुको सहभागित थपिदो छ भने प्रदर्शन देशव्यापी समेत बन्न पुगेको छ ।
तस्वीरमा हेराैं देशका विभिन्न ठाउँमा युवाहरूले गरेकाे शन्तिपूर्ण आन्दोलन
गुल्मिको तम्घास सदरमुकाममा युवाहरु गरेकाे शन्तिपूर्ण आन्दोलन



चितवनमा भएकाे शान्तिपूर्ण आन्दोलन



राैतहटमा भएकाे शान्तिपूर्ण आन्दोलन



तनहुँको डुम्रेबजारमा भएकाे शान्तिपूर्ण आन्दोलन




धादिङमा भएकाे शान्तिपूर्ण आन्दोलन







काठमाडाैंमा भएकाे शान्तिपूर्ण आन्दोलन



जुम्लामा भएकाे शान्तिपूर्ण आन्दोलन



म्याग्दीमा भएकाे शान्तिपूर्ण आन्दोलन





