advertisement

कसिमले भनेका छन्, ‘धन्यवाद इमरान खान र नेसनल एकाउन्टेबिलिटी ब्युरो । तिमीहरुले मेरो बुबाको जीवन सफलतापूर्वक खतरामा राख्यौं,’ कसिमले ट्वीटरमा लेखेका छन् । युसुफ बिहीबार रावलपिण्डीस्थित ब्युरोको कार्यालयमा उपस्थित भएका थिए ।

" /> पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुफमा कोरोना देखियो, संक्रमित हुनुमा प्रधानमन्त्री जिम्मेवार रहेको आरोप - Sarbocha Media

पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुफमा कोरोना देखियो, संक्रमित हुनुमा प्रधानमन्त्री जिम्मेवार रहेको आरोप

`

     २०७७ ज्येष्ठ ३२ गते ३:५५

एजेन्सी, ३२ जेठ । पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुफ राजा गिलानी कोरोना भाइरसबाट संक्रमित भएको जनाइएको छ ।

युसुफ राजा गिलानी कोरोनाबाट संक्रमित भएको उनको छोराले सामाजिक संजाल ट्वीटर मार्फत जानकारी दिएका छन् । युसुफका छोरा कसिम गिलानीले आफ्ना बाबु भाइरस संक्रमण देखिएको शनिबार जनाएका हुन् ।

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार कसिमले ट्वीट गर्दै आफ्ना बाबु संक्रमित हुनुमा प्रधानमन्त्री इमरान खान जिम्मेवार रहेको आरोपसमेत लगाएका छन् ।

advertisement

कसिमले भनेका छन्, ‘धन्यवाद इमरान खान र नेसनल एकाउन्टेबिलिटी ब्युरो । तिमीहरुले मेरो बुबाको जीवन सफलतापूर्वक खतरामा राख्यौं,’ कसिमले ट्वीटरमा लेखेका छन् । युसुफ बिहीबार रावलपिण्डीस्थित ब्युरोको कार्यालयमा उपस्थित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?