कोरोना नियन्त्रण तथा औषधि उपकरण खरिदमा भएको खर्च पारदर्शी हुनुपर्ने भन्दै बालुवाटारमा विरोध प्रदर्शन
काठमाडौं, २९ जेठ। कोरोना नियन्त्रण तथा औषधि उपकरण खरिदमा भएको खर्च पारदर्शी हुनुपर्ने लगायतको बारेमा सरकारविरुद्ध बालुवाटारमा विरोध प्रदर्शन भएको छ ।
सरकारविरुद्ध बालुवाटारमा विरोध प्रदर्शन भएपछि प्रहरीले पानीको फोहोरा र अश्रुग्याससमेत प्रहार गरेको छ । कोरोना नियन्त्रण तथा औषधि उपकरण खरिदमा भएको खर्च पारदर्शी हुनुपर्ने, आरडीटी परीक्षण रोक्नुपर्ने, थोपरिएको कर खारेज गर्नुपर्नेलगायतका माग राखेर सरकारविरुद्ध प्रदर्शन भएको हो।





