advertisement

विभिन्न चरणमा लकडाउन खुकुलो पार्दै जाने निर्णय भएपनि सरकारले यस बारेमा अन्तिम निर्णय गर्न बाँकी रहेको बताए। सरकारले बिहीबारदेखि नै लागु हुनेगरी जोर बिजोर प्रणाली अनुसार निजि सवारी साधन चलाउन सकिने निर्णय गरेको छ। निजी गाडीमा चालक बाहेक २ जना र मोटरसाइकलमा १ जना मात्रै बस्न पाउनेगरी सवारी साधन चलाउन दिने निर्णय समेत भएको छ।

" /> सरकारी कार्यालयहरु दुई सिफ्टमा खुलाउने तयारी, सार्वजनिक सवारीसाधन चलाउन व्यवसायीसँग छलफल गर्न बाँकी - Sarbocha Media

सरकारी कार्यालयहरु दुई सिफ्टमा खुलाउने तयारी, सार्वजनिक सवारीसाधन चलाउन व्यवसायीसँग छलफल गर्न बाँकी

`

     २०७७ ज्येष्ठ २९ गते ५:३४

काठमाडौं, २९ जेठ । बुधबार बसेको मन्त्रिपरिषद बैठकका अनुसार सरकारले भिडभाड नहुनेगरी दुई सिफ्टमा सरकारी कार्यालयहरु खोल्ने तयारी गरेका छन् । बैठकका अनुसार बिहान ८ बजेदेखि १ बजेसम्म एक सिफ्ट र दिउसो १ बजेदेखि साँझ ६ बजेसम्म अर्को सिफ्ट गरी सरकारी कार्यालयहरु खुल्नेछन्। यस योजना अनुसार कार्यालयका काम पनि पुरा हुने र भिडभाड पनि कम गर्न सकिन्छ भन्ने रहेको छ । तर विस्तृत रुपमा योजना भने बनाए लगत्तै यसको कार्यान्वयन हुने बताए ।

मन्त्रिपरिषदको बैठकमा सार्वजनिक यातायात सञ्चालन गर्ने विषयमा पनि सरकारले व्यवसायीहरुसँग छलफल गर्ने बताए।
भौतिक दुरी कायम गरेर सार्वजनिक यातायात सुचारु गर्न सकिन्छ की सकिदैन भनेर यातायात व्यवसायीहरुसँग सरकारले छलफल गरेपछि मात्रै निर्णय गर्ने बताएका छन् ।

भौतिक दुरी कायम गर्ने र सुरक्षा सतर्कता अपनाउने भनेपछि यात्रुहरु थोरै राख्नुपर्छ। सधैं जसो कोचाकोच गरेर यात्रु राख्ने सार्वजनिक यातायातहरुले कसरी व्यवस्थापन गर्न सक्छन् भनेर समेत छलफल गर्न जरुरी छु, उनले भने,ुथोरै यात्रु राखेर चलाउँदा भाडा बढी लिन खोज्लान्। यसको व्यवस्थापनको समेत सरकारले छलफल गर्नुपर्छ।

advertisement

विभिन्न चरणमा लकडाउन खुकुलो पार्दै जाने निर्णय भएपनि सरकारले यस बारेमा अन्तिम निर्णय गर्न बाँकी रहेको बताए। सरकारले बिहीबारदेखि नै लागु हुनेगरी जोर बिजोर प्रणाली अनुसार निजि सवारी साधन चलाउन सकिने निर्णय गरेको छ। निजी गाडीमा चालक बाहेक २ जना र मोटरसाइकलमा १ जना मात्रै बस्न पाउनेगरी सवारी साधन चलाउन दिने निर्णय समेत भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?