काठमाडौँ, २९ जेठ । विदेशमा अलपत्र परेका नेपालीहरुलाई उद्धार गर्न ६७ वटा चार्टर उडानले अनुमति पाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीबारदेखि लागू हुने गरी असार ११ सम्म २४ वटा, हिमालय एयरलायन्सलाई १९ वटा र विदेशी वायुसेवा कम्पनीलाई २४ वटा गरी ६७ वटा चार्टर उडानको अनुमति दिएको हो।

नेपालीलाई उद्धार गरिने मुलुकहरुमा दक्षिण कोरिया, जापान, अस्ट्ेलिया, सिंगापुर, थाइल्याण्ड, बंगलादेश, श्रीलंका, माल्दिभ्स, मलेसिया, पाकिस्तान, कुवेत, साउदी अरब, बहराइन, दुबई, कतार, इजरायल, मस्कट, साइप्रस, संयुक्त राज्य अमेरिका, नाइजेरिया, युगान्डा तथा युरोप रहेका छन् ।





