एजेन्सी, २९ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्तिमा चार राज्यमा चुनावी सभा गर्ने बताएका छन्।
कोरोनाको कारणले चुनावी रेलीहरू पछिल्ला तीन महिनाको लागि स्थगित गरिएको छ । ह्वाइट हाउसमा पत्रकारहरुलाई सम्बोधन गर्दै ट्रम्पले भने कि उनी ओक्वामा, फ्लोरिडा, एरिजोना र नर्थ क्यारोलिनामा आफ्नो जुलुस सुरू गर्ने छन्।
उनले भने सम्भवतः पहिले ओकाहोमाको टास्लाबाट एउटा जुलुस सुरू गर्ने छ। यो जुलुस अर्को शुक्रबार आयोजित हुनेछ। यद्यपि उनले कोरोनाको थप संक्रमणलाई रोकथाम गर्न र जोखिम घटाउन यी घटनाहरूको क्रममा कस्तो सावधानी अपनाउने भन्ने बारेमा केही भनेन।

ट्रम्प डेमोक्र्याट नेता जो बिडेनकोबिरूद्ध छन्। राष्ट्रपति पदको लागि चुनाव यस वर्ष नोभेम्बरमा अमेरिकामा हुने छ।




