काठमाडौं, २७ जेठ । लकडाउनको समयमा नै व्यवसायीहरुले पसल खोलेपछि प्रहरीको टोलीले उनीहरुलाई नखोल्न आग्रह गरेका छन् । पसल बन्द गर्न आग्रह गरेपछि प्रहरी र व्यवसायीबीच झडप भएको छ ।
प्रहरी र व्यवसायीबीचको विवाद र घम्साघम्सीको कारण अहिले न्यूरोड क्षेत्रमा तनावग्रस्त भएको छ । ठूलो संख्यामा प्रहरी तैनाथ गरेपछि सडकमा उत्रिएर स्थानीय व्यवसायीले लकडाउनको विरोध गरिरहेका छन् ।

न्यूरोडबाट सुरु भएको असन्तोष अहिले प्रधानमन्त्री निवास वालुवाटार परिसरमा केन्दित भएको छ । जनाइएको छ ।




