चितवन, २७ जेठ । भरतपुर अस्पतालमा एक जना कोरोना संक्रमितको ज्यान गएको छ ।
अस्पतालको आईसीयूमा एक जना कोरोना संक्रमितको ज्यान गएको छ । नारायणी सामुदायिक अस्पतालको आईसीयूबाट भरतपुर अस्पतालको आईसीयूमा सोमबार साँझ सारिएका एक संक्रमितको ज्यान गएको हो उनको शव भरतपुर अस्पतालको आईसीयूमै राखिएको छ ।

मुट र निमोनियाको समस्या समेत रहेको भरतपुर महानगरपालिका वडा नं ११ का ६८ वर्षीय ती वृद्धलाई सोमबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।




