advertisement

अभियुक्त पनि सोही फाराममा काम गर्ने सोही समूहकै रहेको र उनी हत्यापछि फरार भएको प्रहरीले जनाएको छ । थप अनुसन्धानका लागि आफू घटनास्थलमा जाँदै गरेको प्रहरी नायब उपरीक्षक खत्रीले जानकारी दिनुभयो । यसरी सामूहिक रुममै हत्या किन र कसरी भयो भन्नेबारे अहिलेसम्म केही खुल्न सकेको छैन ।

" /> रुपन्देहीमा पाँचको हत्या गरेर एक व्यक्ति फरार - Sarbocha Media

रुपन्देहीमा पाँचको हत्या गरेर एक व्यक्ति फरार

`

     २०७७ ज्येष्ठ २७ गते २:२४

रूपन्देही, २७ जेठ । रूपन्देहीको तिलोत्तमा नगरपालिका–१० कान्छीबजार नजीकै मैनहवा गाउँमा गए राति एक व्यक्ति सामूहिक हत्या गरेर फरार भएका छन् ।

स्थानीय एक गाई फाराममा काम गर्ने मजदूरमध्ये एक जनाले आफ्नै समूहका अन्य पाँच जनालाई धारिलो हतियार प्रहार गरी सामूहिक हत्या गरेको प्रारम्भिक जानकारी आएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिनुभयो ।

advertisement

अभियुक्त पनि सोही फाराममा काम गर्ने सोही समूहकै रहेको र उनी हत्यापछि फरार भएको प्रहरीले जनाएको छ । थप अनुसन्धानका लागि आफू घटनास्थलमा जाँदै गरेको प्रहरी नायब उपरीक्षक खत्रीले जानकारी दिनुभयो । यसरी सामूहिक रुममै हत्या किन र कसरी भयो भन्नेबारे अहिलेसम्म केही खुल्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?