पोखरा, २६ जेठ। आज फेरि एक जनाको कोरोनाबाट ज्यान गएको पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार स्याङजाको वालिङ नगरपालिकाका ६० वर्षीय कोरोना संक्रमित पुरुषको पोखरामा मृत्यु भएको हो।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत ती पुरुषमा आइतबार कोरोना पुष्टि भएको थियो ।




