advertisement

इमरान खानले यो पनि भनेका छन्, “हामीलाई थाहा थियो की लकडाउनले गरीबी बढेको छ । यो लकडाउनले मानिसहरुलाई निकै गाह्रो बनाएको छ । अब विश्व स्मार्ट लकडाउनतिर जाँदैछ ।”

इमरान खानले भारतमा मानिसहरु भोकले मर्दैछन् भनेका छन् । त्यस्तै उनले अमेरिका जस्तो धनी देशमा लाइनमा रहेका मानिसहरुलाई खान दिइरहेको भनाइ राखेका छन् । तर पाकिस्तानमा त्यति नोक्सान नभएको उनले बताएका छन् । अखबार जंगका अनुसार पाकिस्तानको वित्त मन्त्रालयले भनेको छ कि कोरोनाको कारण ३० लाख बेरोजगार र गरीबी ३३.५ प्रतिशत हुने अनुमान लगाइएको छ ।

" /> कोरोनाको कारण भारतमा मानिसहरू भोकले मर्दै छन् : पाकिस्तानका प्रधानमन्त्री इमरान खान - Sarbocha Media

कोरोनाको कारण भारतमा मानिसहरू भोकले मर्दै छन् : पाकिस्तानका प्रधानमन्त्री इमरान खान

`

     २०७७ ज्येष्ठ २५ गते ४:२५

एजेन्सी, २५ जेठ । हालसम्म विश्वभरी ६८ लाख भन्दा बढी मानिसहरू कोरोना भाइरसको संक्रमित भइसकेको छ । र यसबाट तीन लाख ९८ हजार भन्दा बढी मानिस मरेका छन् । पाकिस्तानमा अहिलेसम्म यो भाइरसबाट ९३ हजार भन्दा बढी मानिस बिरामी परेका छन् । र हालसम्म करिव दुई हजार व्यक्ति मरेका छन् ।

सबै भन्दा बढी ६ सय ८३ मानिसहरु पञ्जावमा कोरोनाबाट ज्यान गएको छ । त्यस्तै पञ्जाबमा सबै भन्दा बढी ३७ हजार ९०, सिंधमा ३६ हजार ३ सय ६४, पख्तूनख्वाहमा १३ हजार एक जना, बलूचिस्तामा ६ हजार २ सय २१, गिलगित बाल्टिस्तानमा ९ सय २७ र पाकिस्तान प्रशासित कश्मीरमा ३ सय ६१ जना कोरोना पोजिटभ रहेका छन् ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले फेरि लकडाउनबिरूद्धको बयान दिएका छन् । जब देखि कोरोना महामारी फैलियो, तिनीहरू पूर्ण रूपमा लकडाउनको विरोध गरिरहेका छन्। अखबार संसारका अनुसार इमरान खानले भने, “देशले अब लकडाउन सहन सक्दैन। लकडाउनको कारण पाकिस्तानको राजस्वमा ८ सय अरब रुपैयाँ घाटा भएको छ । उनले थपे, “कोरोनालाई रोक्न सक्दैन, न ता कि लकडाउनमा जान सक्छ र न त देशले यसलाई सहन सक्छ। लकडाउनले गरीब देशहरूमा विनाश निम्त्यायो।”

advertisement

इमरान खानले यो पनि भनेका छन्, “हामीलाई थाहा थियो की लकडाउनले गरीबी बढेको छ । यो लकडाउनले मानिसहरुलाई निकै गाह्रो बनाएको छ । अब विश्व स्मार्ट लकडाउनतिर जाँदैछ ।”

इमरान खानले भारतमा मानिसहरु भोकले मर्दैछन् भनेका छन् । त्यस्तै उनले अमेरिका जस्तो धनी देशमा लाइनमा रहेका मानिसहरुलाई खान दिइरहेको भनाइ राखेका छन् । तर पाकिस्तानमा त्यति नोक्सान नभएको उनले बताएका छन् । अखबार जंगका अनुसार पाकिस्तानको वित्त मन्त्रालयले भनेको छ कि कोरोनाको कारण ३० लाख बेरोजगार र गरीबी ३३.५ प्रतिशत हुने अनुमान लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?