पोखरा, जेठ २५। गण्डकी प्रदेशमा थप ३८ जना कोरोना भाइरसको संक्रमित फेला परेको छ ।
आइतबार बिहानको स्वाथ्य निर्देशनालय गण्डकीले अनुसार स्याङ्जा, गोरखा, बागलुङ र नवलपुरमा गरी ३८ जना कोरोना संक्रमित थपिएको हो।

संक्रमितहरु स्याङ्जाका १४, बागलुङ १० र गोरखाका १० र नवलपुरका ४ जना छन् । हालसम्म यो सँगै गण्डकीमा संक्रमितको संख्या १ सय १३ पुगेको जनाइएको छ।




