विराटनगर, २२ जेठ । विराटनगरको कोसी अस्पतालमा उपचाररत २८ जना एकै दिनमा डिस्चार्ज हुने भएका छन् ।
प्रदेश १ बाट थप कोरोना भाइरसको संक्रमित २८ जनालाई बिहीबार डिस्चार्ज हुने भएका छन् । उनीहरुको रिपोर्ट नेगेटिभ आएपछि उनीहरु आज डिस्चार्ज गर्न लागेको जनाइएको छ । उनीहरु मध्ये ६ जनामहिला र २२ जना पुरुष छन ।

आजको २८ जनासंगै प्रदेश १ मा कोरोना मुक्त हुनेको संख्या ७६ पुगेको छ ।




