काठमाडौंका पसलहरु खुल्न थाले

`

     २०७७ ज्येष्ठ २२ गते ६:१६

काठमाडौं, २२ जेठ।  काठमाडौंको बौद्ध, भोटेबहाल, इन्द्रचोक, न्युरोड, कोटेश्वर लगायतका स्थानहरुमा पसलहरु खुलेको छ ।

बिहीबार बिहान काठमाडौंका मुख्य व्यापारीक केन्द्र न्युरोड, कोटेश्वर, बौद्ध, भोटेबहाल, इन्द्रचोकलगायतका क्षेत्रका पसलहरू खुलेको हो ।

अब दैनिक बिहान ११ बजेसम्म सबै पसलहरू खुला हुने जनाइएको छ। साना उद्योगी तथा व्यवसायीहरूको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघले बुधबार पसल खुला गर्ने निर्णयपछि सबैले पसलहरू खुला गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?