advertisement

दैनिक ज्याला गर्ने उनीहरुको परिवारसँग स्मार्टफोन थिएन । ताकि छोरी अनलाइन कक्षा गर्न सकोस् । जसको कारण बालिका धेरै चिन्तित भएकी थिइन् ।

" /> अनलाइन कक्षा लिने साधन नभएपछि राम्रो पढ्ने एक छात्राले आफैलाई आगो लगाएर गरिन् आत्महत्या - Sarbocha Media

अनलाइन कक्षा लिने साधन नभएपछि राम्रो पढ्ने एक छात्राले आफैलाई आगो लगाएर गरिन् आत्महत्या

`

     २०७७ ज्येष्ठ २२ गते १:३९

एजेन्सी, २२ जेठ । कोरोना भाइरसको कारण विश्वका अधिकांश देशहरु लकडाउनमा छन् । लकडाउनको समयमा अनलाइन शिक्षाको व्यवस्था भइरहेको छ । तर सबै विद्यार्थीहरु अनलाइन सेवा लिन सक्ने पनि छैन् कतिपय । यातिखेर अनलाइन त टाढाँको कुरा भोकले नै छटपटाउन थालिसकेका छन् ।

लकडानको समयमा अनलाइन कक्षा संचालन गर्ने क्रममा भारतमा एक पीडादायक घटना घटेको छ । एक १४ वर्षीया एक छात्राले आत्महत्या गरेकी छन् । छात्राले पढ्न नपाउदा आत्महत्या गरेको जनाइएको छ ।

आत्महत्या गर्ने विद्यार्थी भारत केरलाकी मलापुरम जिल्लाको इरुमाबिलियम पञ्चायतको सरकारी उच्च माध्यमिक विद्यालयको विद्यार्थी थिइन्। दलित कालोनीको घरबाट २०० मिटरको दूरीमा उक्त युवतीले आफैलाई आगो लगाएकी बताइएको छ ।

स्कुलका एक शिक्षक श्रीले उनी आठ कक्षाकी एकदम राम्रो पढ्ने छात्रा रहेकी बताएका छन्। तर उनी अहिले कक्षा ९ मा पुगेकी छिन् । स्कुलले छात्रा र उनको आमा बुवालाई ७ दिन अनलाइन कक्षाको ट्रायल हुने बताएका थियौ । यस समयमा यो घटना घटेको उनले जनाए ।

advertisement

दैनिक ज्याला गर्ने उनीहरुको परिवारसँग स्मार्टफोन थिएन । ताकि छोरी अनलाइन कक्षा गर्न सकोस् । जसको कारण बालिका धेरै चिन्तित भएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?