advertisement

डेमोक्रेटिक रिपब्लिक अफ कांगोले अप्रिलमा इबोला महामारीको अन्तको घोषणा गर्न लागेको थियो । तर नयाँ केसहरु देखिएको जनाइएको छ । डीआरसी इबोलाको अलाब दादुरा र कोरोना महामारीसंग पनि जुधिरहेको छ ।

" /> डेमोक्रेटिक रिपब्लिक अफ कांगोमा दादुरा, कोरोनासंगै इबोलाको पनि महामारी - Sarbocha Media

डेमोक्रेटिक रिपब्लिक अफ कांगोमा दादुरा, कोरोनासंगै इबोलाको पनि महामारी

`

     २०७७ ज्येष्ठ २० गते ३:४६

एजेन्सी, २० जेठ । डेमोक्रेटिक रिपब्लिक अफ कांगोमा इबोला भाइरसको नयाँ केस देखिन थालेको छ । यो केसहरु एक हजार किलोमिटर भन्दा टाढा भेटिएको थियो जहाँबाट यो रोग भर्खर फैलिएको जनाइएको छ ।

स्वास्थ्यमन्त्री इटेनी लोगोन्डोले पश्चिमी शहर मावनाडाकामा भाइरसको कारण चार व्यक्तिको मृत्यु भएको बताएका छन्। प्रभावित क्षेत्रमा डाक्टर र औषधि पठाइसकेको उनले जनाएका छन्।

advertisement

डेमोक्रेटिक रिपब्लिक अफ कांगोले अप्रिलमा इबोला महामारीको अन्तको घोषणा गर्न लागेको थियो । तर नयाँ केसहरु देखिएको जनाइएको छ । डीआरसी इबोलाको अलाब दादुरा र कोरोना महामारीसंग पनि जुधिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?