एजेन्सी, २० जेठ । विश्व स्वास्थ्य संगठनले कोरोना महामारीको सामना गर्न एन्टिबायोटिकको प्रयोग गर्दा ब्याक्टेरियालाई सुदृढ बनाउने बताउदै यसले यस संकटमा बढी मृत्यु निम्त्याउन सक्ने जनाएको छ ।
सोबार संस्थाका निर्देशक टेड्रसस एडोनम गिब्रियसले भने, ब्याक्टेरियाको रोगको उपचार गर्न प्रयोग गरिने औषधिहरूविरूद्ध ब्याक्टेरियाको प्रतिरोधात्मक क्षमता बढ्दैछ।

उनले थपे, कोरोना महामारीको कारण, एन्टिबायोटिकको प्रयोग अधिक भएको छ र परिणाम स्वरूप बिस्तारै तिनीहरूमा ब्याक्टेरिया अझ शक्तिशाली हुन्छन्।
यस्तो अवस्थामा, वर्तमान महामारीको समयमा र आउँदै गरेको समयमा रोगहरू बढी घातक हुन सक्छ।




