advertisement

यससँगै चीनले यो सहरको सबै सार्वजनिक स्थान बन्द गर्ने निर्णय गरेको छ भने स्थानीय प्रशासनले सबैलाई आफ्नो घरमा नै बस्न अनुरोध गरेको छ ।

" /> चीनको शुलान सहरमा कोरोना भाइरसको संक्रमण बढेसँगै लकडाउन सुरु - Sarbocha Media

चीनको शुलान सहरमा कोरोना भाइरसको संक्रमण बढेसँगै लकडाउन सुरु

`

     २०७७ वैशाख २९ गते ७:१०

काठमाडौं, २९ वैशाख। चीनको शुलान सहरमा लकडाउन सुरु भएको छ । कोरोना भाइरसको संक्रमण बढेसँगै चीनले शुलान सहरमा लकडाउन घोषणा गरेको हो ।

शुलान सहरमा कोरोना भाइरसका ११ नयाँ संक्रमित भेटिएका पछि लकडाउन गरेको जनाइएको छ । ति सबै संक्रमितमा एक कपडा धुने महिलाबाट कोरोना भाइरसको संक्रमण सरेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

४५ वर्षकी यी महिलाबाट उनका पति, बहिनी र परिवारका अन्य सदस्यमा फैलिएको हो । तर, महिलाले हालै कुनै मुलुकको यात्रा गरेकी थिइनन् ।

advertisement

यससँगै चीनले यो सहरको सबै सार्वजनिक स्थान बन्द गर्ने निर्णय गरेको छ भने स्थानीय प्रशासनले सबैलाई आफ्नो घरमा नै बस्न अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?