सुर्खेत, २८ वैशाख । वीरेन्द्रनगर औद्योगिक क्षेत्रका उद्योगहरु खुल्न थालेका छन् ।
सरकारले लकडाउन खुकुलो बनाउँदै अत्यावश्यक वस्तु तथा सेवाका उद्योग सञ्चालन गर्न अनुमति दिएपछि उद्योगहरु खुल्न थालेको हो ।
वीरेन्द्रनगर औद्योगिक क्षेत्रका २७ मध्ये सात उद्योग सञ्चालनमा आएका छन् । पानी, दूध, कुखुरापालन, काठसम्बन्धी उद्योगहरुले आंशिक उत्पादन सुरु भएको जनाइएको छ ।

कच्चा पदार्थ ढुवानी र मजदुर आवतजावतमा समस्या भएकाले सहजरूपमा सञ्चालन हुने अवस्था नरहेको बताइएको छ ।




